Like us!
Follow us!
Connect us!
Watch us!

४ प्रतिशतले बढ्यो मेरोमाइक्रोफाइनान्सको खुदनाफा,खराब कर्जा ९ प्रतिशत माथि

अर्थ संसार

शुक्रबार, १२ बैशाख २०८२, १० : २२ मा प्रकाशित

४ प्रतिशतले बढ्यो मेरोमाइक्रोफाइनान्सको खुदनाफा,खराब कर्जा ९ प्रतिशत माथि

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा ४.४५ प्रतिशतले बढेको हो।

कम्पनीले गत आवको चैत मसान्तसम्म १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर १२ करोड ९३ लाख रुपैयाँ पुगेको हो। यता कम्पनी भने खराब कर्जाको दलदलमा फस्दै गएको वित्तीय विवरणले देखाएको छ। कम्पनीको खराब कर्जा गत वर्ष ७.६१ प्रतिशत रहेकोमा चालू आवमा बढेर ९.४९ प्रतिशत पुगेको छ।

लघुवित्त विरुद्ध बढ्दै गएको संघर्षका कारण साँवा ब्याज नतिर्ने र अरूलाई पनि तिर्न पर्दैन भनेर उक्साउने र गलत प्रचारबाजीले गर्दा कर्जा उठ्न नसकेकाले खराब कर्जामा सुधार ल्याउन चुनौती थपिएको कम्पनीले बताएको छ।

यद्यपि समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा १७ करोड ५८ लाख रुपैयाँबाट बढेर १८ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी पनि ६० करोड ९२ लाख रुपैयाँबाट बढेर ७३ करोड ८२ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी १ अर्ब ४१ करोड रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ७६ करोड रुपैयाँ सञ्चिति छ भने वितरणयोग्य नाफा १ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५१ पैसाबाट घटेर १२ रुपैयाँ १५ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ९१ पैसा रहेको छ। कम्पनीले ८ अर्ब ५८ करोड रुपैयाँ सापटी लिएर १४ अर्ब ६८ करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेको छ भने ३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको