Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रियसभा सदस्य निर्वाचन : वामगठबन्धनको मिल्यो भागभण्डा

बुधबार, ०३ माघ २०७४, १७ : ०० मा प्रकाशित

राष्ट्रियसभा सदस्य निर्वाचन : वामगठबन्धनको मिल्यो भागभण्डा

अर्थ संसार, काठमाडौं–  नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको उम्मेदवारीका विषयमा टुङ्गो लगाएका छन् ।

यद्यपि अन्तिम निर्णय भने पार्टी एकता संयोजन समितिले गर्ने छ । दुई पार्टीको आज सिंहदरबारमा बसेको संयुक्त कार्यदलको बैठकले राट्रियसभा सदस्य निर्वाचनमा एमालेले २९ स्थानमा र माओवादी केन्द्रले १४ स्थानमा उम्मेदवारी दिने सहमति भएको हो ।

बाँकी रहेको स्थानमा भने अन्य दलसँग सहमतिको आधारमा टुङ्गो लगाइने बैठकपछि एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।
राष्ट्रियसभा सदस्यको उम्मेदवार मुख्य मन्त्री सभामुख लगायतका विषयमा टुङ्गो लगाउन केही दिन पहिले बसेको एकता संयोजन समितिको बैठकले कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलमा नेम्वाङका अलावा सुरेन्द्र पाण्डे, शंखर पोखरले तथा रामबहादुर थापा, वर्षमान पुन, मातृका यादव लगायत सदस्य रहेका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको