Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश प्रमुख नियुक्तीमा एमाले र माओवादीलाई वाइपास

बुधबार, ०३ माघ २०७४, १७ : १३ मा प्रकाशित

प्रदेश प्रमुख नियुक्तीमा एमाले र माओवादीलाई वाइपास

अर्थ संसार, काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाई  आसपासमा विजयी भएको नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)लाई वाइपास गरेर शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुख नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले जनमतको विपक्षमा जाने गरी विगतमा विविभन्न अवसर पाएका र काँग्रेसी कार्यकताृलाई जागिर खुवाउने उद्देश्यका साथ प्रदेश प्रमुख नियुक्त गरेको हो ।

प्रदेश प्रमुख नियुक्तिमा काँग्रेस र मधेशवादी दलले भागवन्डा गरेका छन् । मन्त्रिपरिषद्को बैठकले भागवन्डामा प्रदेश प्रमुख नियुक्त गरेको हो ।

भागवण्डा अनुसार प्रदेश नं ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ भन ५ जना कांग्रेसको सिफारिसमा रहेका छन् ।

मन्त्रिपरिषदले प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ । त्यसमध्ये कायस्थ र झा मधेसी दलको सिफारिशमा नियुक्त भएका हुन् भने अरु सबै काँग्रेसको सिफारिशमा नियुक्त भएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको