Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर सम्बन्धी मुद्दा फुयाल र ढुंगानाको इजलासमा

अर्थ संसार

आइतबार, १४ बैशाख २०८२, १२ : ४७ मा प्रकाशित

गभर्नर सम्बन्धी मुद्दा फुयाल र ढुंगानाको इजलासमा

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सरकारको संशोधित मापदण्डको विरोधमा सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासमा यस मुद्दामा सुनुवाइ हुने छ।

यसअघि बुधबार न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भए पनि हेर्न नभ्याइनेमा परेको थियो । त्यसअघि मंगलबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा पेसी परेकामा लगातार तेस्रो दिन हेर्न नभ्याइनेमा परेको थियो । 

अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीद्वारा दायर रिटमा सरकारको मापदण्ड संशोधनको विषय उठाइएको छ, जसमा ६५ वर्षको उमेर हद हटाइएको छ। यस परिवर्तनसँगै गभर्नरका दावेदारको सूचीमा रहेका पूर्व मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री र नेपाल राष्ट्र बैंकका हालका कार्यकारी निर्देशक रविन्द्र पाण्डे ६५ वर्षको उमेर हदका कारण अयोग्य ठहरिएका थिए। त्यसपछि उक्त उमेर हदको व्यवस्था खारेज गरिएको आरोप लागिरहेको छ।

यसअघि, सर्वोच्च अदालतले मापदण्ड संशोधनको कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। यस आदेशसँगै, गभर्नर नियुक्ति प्रक्रिया तत्कालका लागि रोकिएको छ। सरकारले २७ फागुनमा मापदण्डमा गरेको संशोधनमा उमेर हदको व्यवस्था हटाएको थियो, जसको विरोधमा सर्वोच्च अदालतमा रिट दायर गरिएको हो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको