Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर नियुक्ति विवादसम्बन्धी रिट पाँचौं दिन पनि हेर्न नभ्याइने

अर्थ संसार

आइतबार, १४ बैशाख २०८२, १७ : १४ मा प्रकाशित

गभर्नर नियुक्ति विवादसम्बन्धी रिट पाँचौं दिन पनि हेर्न नभ्याइने

 गभर्नर नियुक्ति विवादसम्बन्धी रिट र उक्त रिटमाथि परेको पूरक निवेदन निरन्तर  पाँचौं पटक पनि हेर्न नभ्याइने भएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेसी तोकिए पनि उक्त मुद्दा आज पनि हेर्न नभ्याइएको हो ।

यसअघि वैशाख ७, ८, ९ र १० गते निरन्तर पेसी तोकिए पनि हेर्न नभ्याइने भएको थियो । ६५ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई पनि गभर्नर नियुक्त गर्न मिल्ने गरी संशोधित अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकाय पदाधिकारी तथा सदस्यको नियुक्ति मापदण्ड कार्यान्वयन नगर्न अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले दायर गरेका थिए । 

उक्त रिटमा सर्वोच्चले गत वैशाख २ गते पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड २०७३ को दफा ३  ‘ग’ मा भएको व्यवस्था हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै गएको आइतबार दुवै पक्षलाई छलफलमा बोलाएको थियो । वैशाख ७ गते दुवै पक्षलाई छलफलमा बोलाए पनि निरन्तर हेर्न नभ्याइने भएको हो । 

यसैबिच नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्न लागेको भन्दै  अधिवक्ताद्वयले वैशाख ५ गते रिटमाथि पूरक निवेदन दिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको