Like us!
Follow us!
Connect us!
Watch us!

फेसबुक र युट्युब जस्ता प्ल्याटफर्मका माध्यमबाट हुने आम्दानीमा कर बढ्यो

अर्थ संसार

सोमबार, २२ जेठ २०८०, १४ : ०४ मा प्रकाशित

फेसबुक र युट्युब जस्ता प्ल्याटफर्मका माध्यमबाट हुने आम्दानीमा कर बढ्यो

सरकारले फेसबुक र युट्युब जस्ता प्ल्याटफर्मका माध्यमबाट हुने आम्दानीमा कर बढाएको छ। सरकारले गत आर्थिक वर्ष फेसबुक र युट्युब जस्ता प्ल्याटफर्मका माध्यमबाट हुने आम्दानीमा १ प्रतिशत कर लिने गरेको थियो । सो विषयलाई परिमार्जन गरिएको छ । सरकार यस वर्ष आर्थिक विधेयकमार्फत सामाजिक सञ्जालमा श्रव्यदृश्यबाट प्राप्त हुने आयमा १ प्रतिशतबाट ५ प्रतिशतमा पुर्‍याएको हो ।

‘व्यवसाय सञ्चालन नगर्ने प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै विद्युतीय सेवा उपलब्ध गराए बापत वा नेपाल बाहिर परामर्श सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामाग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्दा विगतमा बैंकले एक प्रतिशत कर कट्टा गरी जम्मा गर्ने व्यवस्था रहेकोमा अब त्यसलाई वृद्धि गरी पाँच प्रतिशत कायम गरिएको छ,’ आर्थिक विधेयकमा भनिएको छ ।

त्यस्तै, आर्थिक वर्ष ०७९–८० मा बिजनेस प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोगामिङ गरी विदेशी मुद्रा ल्याउँदा जम्मा एक प्रतिशत कर लाग्ने गरेकोमा आर्थिक वर्ष ०८०–८१ देखि १० प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको