आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
लघुवित्तले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६८.९३ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा संस्थाले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो।
यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी ८ करोड ६४ लाख रुपैयाँबाट बढेर ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सञ्चालन नाफा ७ करोड बढी ऋणात्मक रहेकोमा यस वर्ष २ करोड ११ लाख रुपैयाँ धनात्मक रहेको छ।
चुक्ता पूँजी ७ करोड ८३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड रुपैयाँ सञ्चिति रहेको छ। गत वर्ष ११.९४ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर १५ प्रतिशत नाघेको छ।कम्पनीले झण्डै २० करोड रुपैयाँ सापटी लिएर साढे १ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह र ९४ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ४ पैसा छ भने प्रतिसेयर नेटवर्थ ३५५ रुपैयाँ ३ पैसा रहेको छ। नेप्सेमा यस कम्पनीको एक कित्ता सेयरको मूल्य ५ हजार रुपैयाँभन्दा माथि कारोबार भइरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस