Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले मुद्दती निक्षेपमा ३ अर्ब ८४ करोड रुपैयाँ लगानी गर्ने

अर्थ संसार

मंगलबार, १६ बैशाख २०८२, १० : ३२ मा प्रकाशित

राष्ट्र बैंकले मुद्दती निक्षेपमा ३ अर्ब ८४ करोड रुपैयाँ लगानी गर्ने

 नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ३ अर्ब ८४ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ । राष्ट्र बैंकको विभिन्न कोषमा रहेको ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा तीन अर्ब सात करोड ५२ लाख रुपैयाँ, विकास बैंकहरूमा ५७ करोड ६५ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरूमा १९ करोड २१ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो।

इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाले २०८२ वैशाख १७ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ । यो मुद्दति निक्षेप सन् २०२५ मे १७ देखि सन् २०२६ मे १७ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आउँदो मंगलबार राति १२ बजेसम्म तोकिएको इमेल ठेगानामा ब्याजदर प्रस्ताव पठाउनु पर्नेछ। निक्षेप राख्नका लागि संस्था सञ्चालनमा कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, न्यूनतम पुँजी कोष पूरा भएको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जाको ५ प्रतिशतभन्दा कम हुनुपर्ने र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको २० प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने जस्ता सर्तहरू राष्ट्र बैंकले राखेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको