Like us!
Follow us!
Connect us!
Watch us!

राजधानीको विषयलाई लिएर धनकुटामा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा ३ घाईते

विहीबार, ०४ माघ २०७४, १२ : ३३ मा प्रकाशित

राजधानीको विषयलाई लिएर धनकुटामा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा ३ घाईते

अर्थ संसार, काठमाडौं – प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनकुटावासी र प्रहरीबीच आज झडप हुँदा ३ जना घाइते भएका छन् ।

घाईतको नाम भने खुल्न सकेको छैन । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरेको छ ।

आन्दोलनकारीले प्रशासन कार्यालयमा आगलागी गरेको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीलले बताउनुभयो ।

अधिकारी उप्रेतीका अनुसार आगलागीबाट कार्यालयमा रहेको दुई थान कम्प्यूटर, प्रिन्टर लगायतका सामग्री जलेर नष्ट भएको छ ।

आन्दोलनकारीले जिल्ला डिभिजन कार्यालय, वारूण यन्त्र लगायतमा समेत तोडफोड गरेको जनाइएको छ । अहिले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको