आम्दानी घट्दा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको मुनाफामा कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४७.६७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५७.२४ प्रतिशत घटेको छ भने कुल आम्दानी ५६.४२ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ४ पैसा घटेर १ रुपैयाँ ८५ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ७८ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७४०.२६ गुणा रहेको छ।
एक अर्ब ४१ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २८ करोड ६२ लाख रुपैयाँ रहेको छ भने फेर भ्यालु रिजर्भ ५१ करोड ५७ लाख रुपैयाँ रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस