Like us!
Follow us!
Connect us!
Watch us!

रेशम चौधरी पक्राउ

अर्थ संसार

बुधबार, १७ बैशाख २०८२, १३ : २४ मा प्रकाशित

रेशम चौधरी पक्राउ

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला प्रहरीले उनलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।

पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका चौधरीलाई पक्राउ गरिएको थियो । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी पक्राउ परेको कुरा आफूले पनि सुनेको बताउँदै यसबारे विस्तृत बुझ्ने प्रयास भइरहेको बताइन् ।

प्रज्ञा भवनको हलमा आज बिहान ठीक ११ बजेका कार्यक्रम सुरु हुने तालिका रहेपनि अहिलेसम्म औपचारिक कार्यक्रम सुरु हुन सकेको छैन।गत बिहीबार मात्र जनमत पार्टीका अध्यक्ष सीके राउतले एकता प्रक्रियालाई प्रभावित पार्न आफूलाई ज्यान मार्ने र रेशमजीलाई पुन: पक्राउ गराइदिने धम्की आएको दाबी गरेका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको