Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको तेस्रो त्रैमास - ४५.७७ प्रतिशतले घट्यो नाफा, लाभांश क्षमता कति ?

अर्थ संसार

बुधबार, १७ बैशाख २०८२, १३ : ३६ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको तेस्रो त्रैमास  - ४५.७७ प्रतिशतले घट्यो नाफा, लाभांश क्षमता कति ?

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.७७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

खुद नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि १४ रुपैयाँ ८ पैसाबाट घटेर ७ रुपैयाँमा झरेको छ भने वितरणयोग्य नाफा (लाभांश क्षमता) पनि साढे ९ करोड रुपैयाँबाट घटेर ५ करोड १९ लाख रुपैयाँमा झरेको छ। कम्पनीको निष्क्रिय कर्जा ३.१२ प्रतिशतबाट बढेर ४.७८ प्रतिशत पुग्दा खुद ब्याज आम्दानी २५ करोड ३० लाख रुपैयाँबाट घटेर १५ करोड ७० लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा पनि १८ करोड ७८ लाख रुपैयाँबाट १० करोड १५ लाख रुपैयाँ झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ७२ पैसा छ।चुक्ता करीब १ अर्ब साढे ३४ करोड रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ३३ लाख रुपैयाँ र रिजर्भमा साढे ३० करोड रुपैयाँभन्दा बढी रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको