Like us!
Follow us!
Connect us!
Watch us!

प्रेम र पैसाको खेल: कोह्ल सिईओको लभ स्टोरी अन्तत बर्खास्तीसम्म पुग्यो!

अर्थ संसार

शुक्रबार, १९ बैशाख २०८२, ०८ : ०७ मा प्रकाशित

प्रेम र पैसाको खेल: कोह्ल सिईओको लभ स्टोरी अन्तत बर्खास्तीसम्म पुग्यो!

अमेरिकी खुद्रा चेन कोह्ल (Kohl’s) ले आफ्नो हालै नियुक्त गरिएको प्रमुख कार्यकारी अधिकृत (CEO) एश्ली बुकाननलाई बर्खास्त गरेको छ। वॉल स्ट्रीट जर्नलको रिपोर्ट अनुसार बुकाननले आफ्नो पुरानो प्रेम सम्बन्धमा रहेका एक महिलासँग “अत्यन्तै असामान्य” व्यवसायिक सम्झौता गरेका थिए, जुन कम्पनीको आन्तरिक अनुसन्धानपछि खुलासा भएको हो।

कोह्लले नोभेम्बर २०२४ मा बुकाननलाई CEO को रूपमा नियुक्त गरेको थियो। तर उनले वॉलमार्टमा काम गरिसकेकी पूर्वसहकर्मी चन्द्रा होल्टसँग सम्बद्ध कम्पनीसँग कम्पनीको हितविरुद्ध जाने बहु–मिलियन डलरको कन्सल्टिङ सम्झौता गरेका थिए। सम्झौताका सर्तहरू कोह्लका लागि असमान्य रूपमा कमजोर थिए।

सम्बन्ध खुल्दासाथ बर्खास्ती

कम्पनीको अडिट समितिको नेतृत्वमा भएको छानबिनले बुकाननले सम्बन्धित कारोबारी सम्बन्धहरू कम्पनीलाई गोप्य राखेको ठहर गरेको थियो। बुकानन र होल्ट वॉलमार्टमा लामो समय सँगै काम गरेका थिए र झन्डै एउटै समयमा कम्पनीबाट बाहिरिएर विभिन्न खुद्रा कम्पनीहरूमा उच्च पदमा पुगेका थिए।

बुकाननलाई केवल जागिरबाट मात्र हटाइएन

बुकाननले केवल आफ्नो पद मात्र गुमाएका छैनन्, उनले कम्पनीबाट पाएको सबै स्टक (equity) अवार्ड पनि गुमाउनु पर्नेछ। साथै, $2.5 मिलियन बराबरको साइनिङ बोनस पनि अनुपातअनुसार फिर्ता गर्नुपर्नेछ, कम्पनीको सुरक्षा सम्बन्धी कागजातमा उल्लेख छ।

चन्द्रा होल्ट को हुन्?

होल्ट हाल Incredibrew नामक भिटामिन र मिनरल मिसाइएको कफी ब्रान्डको संस्थापक तथा CEO हुन्। उनी २०२१ मा वॉलमार्टबाट बाहिरिएकी थिइन् र त्यसपछि Conn’s HomePlus की CEO बनिन्। २०२३ मा उनी Overstock.com र Bed Bath & Beyond स्वामित्वमा रहेको Beyond Inc. की CEO भइन्।

कोह्लको स्टाफलाई जानकारी

बुकाननको बर्खास्तीसँगै, कोह्लले बोर्ड सदस्य माइकल बेन्डरलाई कार्यवाहक CEO को रूपमा नियुक्त गरेको छ। मे १ मा आयोजित सबै कर्मचारीहरूको भेला (all-hands meeting) मा बेन्डर र अन्य कार्यकारीहरूले कर्मचारीलाई आश्वस्त पार्ने प्रयास गरे पनि थप विवरण नदिएको वॉल स्ट्रीट जर्नलले जनाएको छ।

बेन्डरले भने,

"यो यस्तो क्षण हो जुन हामीले अपेक्षा गरेका थिएनौं, न त यस्तो परिणाम हामी चाहन्थ्यौं। तर कम्पनी र कर्मचारीहरूका लागि यो निर्णय आवश्यक थियो।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको