नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउने प्रक्रिया तत्काल थाल्ने बताएका छन् ।
शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै उनले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता प्रचलित विद्युत वितरण तथा संलकन विनियमावली अनुसार असुलीको प्रक्रिया तत्काल अगाडि बढाइने बताएका हुन् ।
यसैगरी सडकबत्ती तथा सरकारी बक्यौताका साथै अन्य बाँकी बक्यौता नेपाल सरकारको सहयोग लिई असुल गरिने उनले बताए । उद्योगहरूको डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौताबारे विवाद छ । प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङले बक्यौता तिर्नैपर्ने भनेर पुरक बिल पठाएका थिए । व्यवसायीहरूले भने विनियमावली अनुसार बक्यौता तिर्नु नपर्ने बताउँदै आएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस