Like us!
Follow us!
Connect us!
Watch us!

एटीएम कार्ड प्रयोग गर्दा समस्या आए तत्कालै जानकारी गराउनु - राष्ट्र बैंक

अर्थ संसार

मंगलबार, २३ बैशाख २०८२, १२ : ४२ मा प्रकाशित

एटीएम कार्ड प्रयोग गर्दा समस्या आए तत्कालै जानकारी गराउनु - राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले कार्ड प्रयोग गर्दा समस्या भएमा सम्बन्धित सेवा प्रदायकलाई तत्कालै जानकारी गराउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै एटीएम कार्ड प्रयोग गर्दा समस्या सिर्जना भए तत्कालै जानकारी गराउन आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई एटीएमको कारोबारसम्बन्धी तत्काल सहायता आवश्यक परेमा, आफ्नो एटीएम रहेको स्थानमा सम्बन्धित कर्मचारीको नाम, सम्पर्क नम्बर तथा संस्थाको नाम, ठेगाना र टेलिफोन नम्बर नेपाली तथा अंग्रेजी दुवै भाषामा स्पष्ट रूपमा राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ 

साथै, राष्ट्र बैंकले बैंक वित्तीय संस्थाले आफ्नो एटीएममा केही प्राविधिक समस्या आई सञ्चालन हुन नसकेमा सोको जानकारी तुरून्तै सम्बन्धित एटीएम सञ्चालन गर्ने संस्थामा तथा आवश्यक परेमा कार्ड जारी गर्ने संस्थामा समेत पुऱ्याउने व्यवस्था गर्नुपर्ने प्रावधान समेत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको