Like us!
Follow us!
Connect us!
Watch us!

श्रीजनशील लघुवित्त - २.७५% ले घट्यो नाफा, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, २४ बैशाख २०८२, १३ : ३३ मा प्रकाशित

श्रीजनशील लघुवित्त  - २.७५% ले घट्यो नाफा, प्रतिसेयर आम्दानी कति ?

श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले  आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा घटेको छ ।

यो अवधिमा कम्पनीले २ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २.७५ प्रतिशत कम हो । गत वर्ष यस संस्थाले २ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तको खुद ब्याज आम्दानी ७ करोड ७८ लाखबाट बढेर १० करोड ६६ लाख रुपैयाँ पुगेको छ ।  इम्पेयरमेन्ट चार्ज पनि घटेको देखिन्छ, जसले केही हदसम्म नाफा जोगाउन सहयोग गरेको छ। गत वर्ष ५ करोड ८ लाख रुपैयाँ रहेको अन्य आम्दानी यस त्रैमासमा २१ लाख ४९ हजार रुपैयाँ मा सीमित भएको छ, जसले नाफामा प्रतिकूल असर पारेको हो।
प्रतिसेयर आम्दानी २८.९१ रुपैयाँ

१० करोड ९३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ११ करोड २४ लाख रुपैयाँ रहेको छ ।

प्रतिसेयर नेटवर्थ २२९.७३ रुपैयाँ

एनपीएल (नन–पर्फर्मिङ लोन) भने उच्चस्तरमा रहँदै ९.५८ प्रतिशत पुगेको छ, जुन लघुवित्तका लागि चिन्ताजनक सूचक हो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको