समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा घटेको छ ।
लघुवित्तले चालू आर्थिक वर्षको चैत मसान्तसम्म २ करोड ६१ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म ३ करोड रूपैयाँ खुद नाफा कमाएको कम्पनीको यस वर्ष खुद नाफा १३ प्रतिशतले घटेको हो।
खु्द नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ४.११ रूपैयाँले घटेर ५.५४ रूपैयाँमा झरेको छ। कम्पनीको खुद ब्याज आम्दानी भने साढे १४ करोड रूपैयाँबाट ४३.७२ प्रतिशतले वृद्धि भएर २० करोड ८५ लाख रूपैयाँ नाघेको छ। यता सञ्चालन नाफा भने ४ करोड २९ लाख रूपैयाँबाट घटेर ३ करोड ७३ लाख रूपैयाँमा झरेको छ।
चुक्ता पूँजी ६२ करोड ९० लाख रूपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ करोड ३७ लाख रूपैयाँ र रिजर्भमा १५ करोड २६ लाख रूपैयाँ रहेको छ। ३ अर्ब १४ करोड रूपैयाँ सापटी लिएको कम्पनीले ५ अर्ब १९ करोड कर्जा प्रवाह र १ अर्ब ५४ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ।
कम्पनीको खराब कर्जा गत वर्ष ४.८९ प्रतिशत रहेकोमा यस वर्ष बढेर ६.५३ प्रतिशत पुगको छ। कम्पनीको वितरणयोग्य नाफा (लाभांश क्षमता) १ करोड ३७ लाख रुपैयाँ रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस