Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसले भन्यो - आतंकवादको विरोधमा हुने कारबाही जायज ठान्छौं

अर्थ संसार

शुक्रबार, २६ बैशाख २०८२, १२ : ४८ मा प्रकाशित

कांग्रेसले भन्यो - आतंकवादको विरोधमा हुने कारबाही जायज ठान्छौं

सत्तारुढ दल नेपाली कांग्रेसले पहलगाम हमलापछि भारत र पाकिस्तानबीच देखिएको तनावका विषयमा औपचारिक छलफल गरेको छ । आज बसेको पदाधिकारी बैठकपछि भारतले आतंककारी अखडामा गरेको हमलाको पक्षमा रहेको प्रवक्ता प्रकाशशरण महतले बताए ।

भारत पहलगाममा आतंककारी आक्रमणपछि विकसित परिस्थितिमा आतंकवादको खिलापमा भएको कारवाही जायज भएको बताए ।

महतले आफ्नो पार्टी सधैं आतंवादको विरुद्धमा हुने स्पष्ट पारेको हो ।त्यस्तै, आतंकवादको विरुद्धमा हुने कारबाहीलाई पार्टीले जायज रुपमा लिएको महतले बताए ।

‘हामी जहिलेपनि आतंकवादको खिलापमा छौं । आतकंवादको खिलापमा हुने कारबाहीलाई जायज ठान्छौं । आतंवादलाई कसैले पनि प्रशय नदियोस् भन्ने पक्षमा छौं,’ उनले भनेका छन् ।

दुई देशबीचको तनाव पूर्ण रुपको युद्धमा परिणत नहोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको उनले बताए । ‘अहिले युद्धको स्थिति सिर्जना भएको छ, यो आतंवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी आक्रमण भएको छ । यो फूल स्केल युद्धको रुपमा परिणत नहोस् भन्ने पक्षमा छौं । हामी आतंवादको खिलापमा छौं । आतंवादलाई निरुत्साहत गर्ने कुरामा साथमा छौं,’ महतले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको