Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी माइक्रो लाइफ - सामान्यले बढ्यो नाफा, जीवन बीमा कोष ७ करोड २० लाख माथि

अर्थ संसार

आइतबार, २८ बैशाख २०८२, १० : ५३ मा प्रकाशित

लिवर्टी माइक्रो लाइफ - सामान्यले बढ्यो नाफा, जीवन बीमा कोष ७ करोड २० लाख माथि

लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा सामान्यले बढेको छ । 

खुद नाफा

कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८९ लाख १३ हजार रूपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म ८७ लाख ४२ हजार रूपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष करीब २ प्रतिशत बढी खुद नाफा गरेको हो।

जीवन बीमा कोष

चैत मसान्तसम्म कम्पनीको जीवन बीमा कोष ७ करोड २० लाख रूपैयाँ नाघेको छ।  गत वर्ष यसै अवधिसम्म कम्पनीको जीवन बीमा कोष ५१ लाख ३२ हजार रूपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत वर्ष ९८ लाख ७१ हजार रूपैयाँ रहेकोमा यस वर्ष ९६६ प्रतिशतले बढेर साढे १० करोड रूपैयाँ नाघेको छ।

कुल आम्दानी/कुल खर्च

कम्पनीको कुल आम्दानी ४ करोड ४६ लाख रूपैयाँबाट बढेर साढे १४ करोड रूपैयाँभन्दा बढी पुगेसँगै कुल खर्च पनि ३ करोड ५९ लाख रूपैयाँबाट बढेर १३ करोड ६४ लाख रूपैयाँ नाघेको छ।

प्रतिसेयर आम्दानी

कम्पनीको प्रतिसेयर आम्दानी गत वर्ष २.२२ रूपैयाँ रहेकोमा यस वर्ष सामान्य बढेर २.२६ रूपैयाँ पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको