Like us!
Follow us!
Connect us!
Watch us!

अधिक तरलताको समस्या यथावत् - आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, २८ बैशाख २०८२, ११ : ३० मा प्रकाशित

अधिक तरलताको समस्या यथावत् - आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज वैशाख २८ गते फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ।

 बैंकले बजारमा देखिएको तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो।उक्त उपकरणका लागि बोलकबोल प्रक्रिया आइतबार नै सञ्चालन हुनेछ, जसमा बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो २१ दिने निक्षेप संकलन उपकरणको जेठ १८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको