Like us!
Follow us!
Connect us!
Watch us!

एक वर्ष भित्रमा त्रिशुली नदिमा ह्वाईट वाटर बगाउने छु – भुमी त्रिपाठि

शुक्रबार, ०५ माघ २०७४, २० : २३ मा प्रकाशित

एक वर्ष भित्रमा त्रिशुली नदिमा ह्वाईट वाटर बगाउने छु  –  भुमी त्रिपाठि

  • विवेक अर्याल

अर्थ संसार,धादिङ -एमाले नेता तथा धादिङ निर्वाचन क्षेत्र नं. १ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य  भुमीप्रसाद त्रिपाठीले आउदो एक वर्ष भित्रमा त्रिशुली नदिलाई ह्वाईट वाटर बगाउन आफूले प्रमुख भुमिका निर्वाह गर्ने वताउनु भएको छ ।

यसोसियसन् अफ र्याफ्टीङ एजेन्सी नेपाल नाराले धादिङको रोयल विच क्याम्प जोगिमारामा आयोजना गरेको वधाई तथा शुभकामना कार्यक्रममा बोल्दै सांसद् त्रिपाठिले पछिल्लो समय त्रिशुली नदिमा बढेको प्रदुषणले आफु अत्यन्त दुखी भएको  र अब त्रिशुली नदिलाई धमिलो हुनवाट बचाउन कुनै कसुर बाँकी नराख्ने बताउनुभयको छ ।

आफू त्रिशुली  नदि आसपासकै स्थानिय भएको र हाल आयर आफू केन्द्रकै जिम्मेवार सांसद समेत भयकाले पछिल्लो समय त्रिशुली नदिमा बढेको प्रदुषण नियन्त्रण गर्न सवैभन्दा प्रमुख दायित्व आफ्नै रहेको बताउनु भयो । उहाँले थप्नुभयो “समग्र देश विकासको लागी त्रिशुली नदिको महत्वपुर्ण भुमिका रहेको छ । जसले गर्दा धादिङ जिल्लाले अरु जिल्लाको तुलनामा केहि हदसम्म भयपनि विकासको गतिमा फड्को मार्न सफल भयको छ ।”

यस किसिमको गुण लगाउने त्रिशुली नदिलाई केहि व्यावसायीहरुले राज्यको अस्थिरताको फाईदा उठायर त्रिशुली नदि प्रदुषण गर्न लागि परेको छन् । तयस वारे आफुले स्थानिय तहका जनप्रतिनिधिहरुलाई हदै सम्मको कारबाही गर्न निर्देशन समेत दिनुभयो ।

यस अघि आफूले पटक पटक जिल्ला प्रसाशन कार्यलय धादिङ र मातहतका निकायहरुलाई अनुगमन र कारबाही गर्न आग्रह गरेको समेत बताउनुभयो । साथै त्रिशुली वचाउ महा अभियानले पछिल्लो समय रचनात्मक ढंगको कार्यक्रम गरेको प्रती आफू अत्यन्त खुसी भयको र महा अभियानको हरेक कार्यक्रममा आफूले जुनसुकै किसिमको सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उहाले अन्त्यमा “आउदो १ वर्षपछि नारा वा अन्य संस्था यस्तै कार्यक्रम गर्न त्रिशुली नदि आसपास आउदा पिउन योग्य र ह्वाईट वाटर बगेको देख्न पाउने तर त्यस कार्यक्रममा सवैले दिनुपर्दछ ।” दोहोर्याउनु भयो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय वैकल्पीक सदस्य तथा धादिङ निर्वाचन क्षेत्र नं। २ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य खेम प्रसाद लोहोनीले पनि अहिले देशमा अस्थिर सरकार रहेकाले केहि व्यापारी तथा तस्करहरुले त्यसको फाईदा उठायको बताउनुभयो । उहाँले भन्नुभयो ‘पहिलेको त्रिशुली नदि र हालको त्रिशुली नदि देख्दा कल्पनै गर्न नसकिने किसिमको प्रदुषण वढेको छ ।’ 

यस किसिमको प्रदुषण नियन्त्रण गर्न जुनसुकै किसिमको कसुर बाँकि राख्न नहुने वतायनुभयो । आफू वच्चैदेखिको पौडिको सोखिन भएकाले अब बन्ने सरकारलाई त्रिशुली नदिमा वढेको प्रदुषणलाई नियन्त्रण गरायर त्रिशुली नदिको स्वस्छ पानिमा पौडि खेल्ने रहर भयको  समेत बताउनुभयो ।

कार्यक्रममा धादिङ निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा सदस्य डा। रामकुमार अधिकारी, वेनिघाट रोराङ गांउ पालिका वडा नं. ९ का अध्यक्ष शुरेश मल्लकोको आतिथ्यता तथा यसोसियसन् अफ र्याफ्टीङ एजेन्सी नेपाल नाराको पदाधिकारी, धादिङ जिल्लाका पर्यटन व्यवसायीहरु पत्रकार स्थानिय वुद्विजिवी लगायतको उपस्थिती रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको