Like us!
Follow us!
Connect us!
Watch us!

राजावादीलाई प्रचण्डको चेतावनी - जेठ १५ मा आन्दोलनको दुस्साहस नगर्नू

अर्थ संसार

आइतबार, २८ बैशाख २०८२, ०४ : ३० मा प्रकाशित

राजावादीलाई प्रचण्डको चेतावनी - जेठ १५ मा आन्दोलनको दुस्साहस नगर्नू

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते राजावादीहरूको एउटा बेलुन फुटिसकेको भन्दै जेठ १५ गते अर्को बेलुनमा हावा भर्ने दुस्साहस नगर्न चेतावनी दिएका छन् । किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले ‘खबरदार’ भन्दै राजावादीहरूलाई आन्दोलनमा नउत्रन चेतावनी दिएका हुन् ।

राजसंस्था पुनस्र्थापना र हिन्दुराज्यसहितका माग राख्दै संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते काठमाडौंमा आन्दोलन गर्ने कार्यक्रम तय गरेको छ । आजै मात्रै समितिले बैठक बसेर आन्दोलनका कार्यक्रमहरू तय गरेको छ ।

‘सुनारको सय चोट, लोहारको एकै चोट भनेजस्तो एक चोट हामीले हानेपछि उनीहरूको बेलुन फुटेको छ,’ प्रचण्डले चेतावनी दिँदै भनेका छन्, ‘अहिले फेरि अर्को बेलुनमा हावा भर्ने रे जेठ १५ गतेदेखि । खबरदार, त्यो हुनेवाला छैन ।

साथै, प्रचण्डले नेपालका उत्पीडित, वर्ग, जाती, क्षेत्र समुदाय, जो पहिचान र अधिकारको चेतनाद्वारा जागेको र कसैले पनि जागेको शक्तिलाई रोक्न नसक्ने भनाइ राखे । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनले राजावादीहरू अझै उस्तै हत्यातर्फ नै उद्धत देखिएको प्रचण्डको आरोप थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको