Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डको घरबाट दुई ट्रक पैसा ओसारिएकोबारे सचिवालयले भन्यो - प्रमाणित गरेर देखाऊ !

अर्थ संसार

आइतबार, २६ असोज २०८२, १२ : २२ मा प्रकाशित

प्रचण्डको घरबाट दुई ट्रक पैसा ओसारिएकोबारे सचिवालयले भन्यो -  प्रमाणित गरेर देखाऊ !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को निवासबाट जेनजी आन्दोलनअघि दुई करोड रुपैयाँ ओसारिएको भन्ने चर्चा व्यापक बनेपछि प्रचण्ड सचिवालयले उक्त दाबीलाई खण्डन गरेको छ।  सचिवालयले उक्त आरोपलाई ‘तथ्यहीन, नियोजित र चरित्रहत्या गर्न लक्षित’ भन्दै खण्डन गरेको हो। साथै, प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले यस्तो दाबी गर्नेहरूलाई प्रमाणसहित अघि आउन चुनौती दिएका छन्।

केही दिनअघि नेपाल प्रहरीका पूर्व एआइजी देवेन्द्र सुवेदीले एक अन्तरवार्तामा जेनजी आन्दोलनको दुई दिनअघि प्रचण्डको घरबाट दुई करोड रुपैयाँ दुईवटा ट्रकमा राखेर ओसारिएको दाबी गरेका थिए। उनको भनाइ सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। 

प्रचण्डको घरमा सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको तथा प्रचण्डलाई दिइएका ८ सुरक्षाकर्मीलाई गंगा दाहालको घरमा खटाइएको पनि सचिवालयले अस्वीकार गरेको छ ।

‘हामी सम्बन्धित सञ्चारमाध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेन–जी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं,’ प्रचण्डका स्वकीयसचिव गोविन्द आचार्यले जारी गरेको प्रेस नोटमा भनिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको