Like us!
Follow us!
Connect us!
Watch us!

जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ - प्रचण्ड

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०८२, ११ : ४१ मा प्रकाशित

जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ - प्रचण्ड

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको भन्दै पार्टीको भूमिका बढेको बताएका छन्। महालक्ष्मीस्थानमा पार्टीद्वारा आयोजित नेपाल संवत् ११४६ को शुभकामना आदानप्रदान, चियापान तथा भेटघाट कार्यक्रममा उनले अहिलेको अवस्थामा पार्टीलाई ठूलो जिम्मेवारी आएकाले १० बुँदे मार्गदर्शन जारी गरिएको बताए।

‘गत भदौ २३ गते जेन-जीले बेथिति, भ्रष्टाचार र कुशासनको विरुद्धमा आन्दोलित भएर राजनीति र देशप्रतिको मायाका साथै सुधारका लागि शक्ति प्रदर्शन गरेको हो, तर भदौ २४ गतेको आन्दोलनले देशमा कति खतरनाक ढङ्गले गलत प्रवृत्तिको विकास हुँदैछ भन्ने पनि शिक्षा दिएको छ, यो हामीले बुझ्नुपर्छ, त्यसपछि हामी सबैले मुलुकमा राज्यविहीनताको अवस्थालाई अन्त्य गर्न भूमिका निर्वाह गर्‍यौं,’ उनले भने।

जेन-जी आन्दोलनका माग पनि पार्टीकै माग भएकाले आफूहरूले समर्थन गरेको भन्दै दाहालले युवाको चाहना र भावनाअनुसार पार्टी रूपान्तरण हुनुपर्नेमा जोड दिए।

‘परिवर्तित परिस्थितिमा पनि रूपान्तरण हुने पार्टी माओवादी हो, जेन-जी युवासँग पनि निरन्तर संवाद र छलफल भइरहेको छ, संविधान संशोधन गरेर उनीहरूले बुझ्नुपर्छ, क्रान्तिकारीहरूले दुश्मन र मित्र चिन्नुपर्छ, यो कुरा नवयुवाहरूले बुझ्नुपर्छ’, उनले भने।

सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषयमा जनता र युवालाई बुझाउन आवश्यक रहेको उनको भनाइ छ।

‘लेनिनले भनेको जस्तो क्रान्तिकारी पार्टीले र नेताले मात्र गल्ती स्वीकार गर्छन्, बुर्जुवा र प्रतिक्रान्तिहरूले गल्ती स्वीकार गर्दैनन्, जनताको नेतृत्व गर्ने पार्टीका रूपमा हामी फेरि रूपान्तरण हुनुपर्नेछ, भ्रष्टाचारीको संरक्षण गर्नेहरू र क्रान्तिकारीहरू एकै हैनन्’, दाहालले भने।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको