Like us!
Follow us!
Connect us!
Watch us!

रिडारा RD6 EV पिकअप नेपालमा सार्वजनिक, पुरानो सवारी साटेर नयाँ इलेक्ट्रिक पिकअप लिने मौका

अर्थ संसार

सोमबार, २९ बैशाख २०८२, ०८ : ३३ मा प्रकाशित

रिडारा RD6 EV पिकअप नेपालमा सार्वजनिक, पुरानो सवारी साटेर नयाँ इलेक्ट्रिक पिकअप लिने मौका

सीजी मोटर्सले गीली अटो ग्रुपको सहकार्यमा नेपालको ईभी बजारलाई नयाँ दिशा दिने उद्देश्यसहित "EVolve to RIDDARA Xchange" अभियान सुरु गरेको छ। यो सीमित अवधिको एक्सचेन्ज अफर अन्तर्गत ग्राहकले न्यूनतम २०% डाउनपेमेन्टमा अत्याधुनिक रिडारा RD6 इलेक्ट्रिक पिकअप खरिद गर्न सक्नेछन्।

रिडारा RD6 चीनको नम्बर १ EV पिकअपका रूपमा परिचित छ। ७३ किलोवाट आवर क्षमताको ब्याट्री र ४२४ किलोमिटरसम्मको दाबी गरिएको रेञ्जका साथ यसले नेपाली भू–भागका लागि उच्च स्तरको परफरमेन्स र टिकाउपन प्रदान गर्छ।

यो पिकअपमा स्यान्ड, मड, अफ–रोड, वाडिङ, इकोनोमी, कम्फर्टस्पोर्ट गरी कुल सात फरक ड्राइभिङ मोड उपलब्ध छन्, जसले देशको विविध भौगोलिक बनावटमा सजिलै चलाउन सहयोग पुर्‍याउँछ। साथै, ५४० डिग्री सर्भाउन्ड भ्यु क्यामेराले सुरक्षित र भरपर्दो ड्राइभिङ अनुभव प्रदान गर्दछ।

EV Xchange अभियान अन्तर्गत ग्राहकहरूले पाउने सुविधा:

  • आकर्षक नगद छुट

  • टपअप एक्सचेन्ज बोनस

  • निःशुल्क एसेसरिज

  • १ वर्षको निःशुल्क बीमा

  • निःशुल्क ७ किलोवाट चार्जर

  • १ वर्षको सडक कर समेटिएको

गीली अटो ग्रुप चीनका टप १० ठूला अटो कम्पनीहरूमध्ये एक हो, जसको प्रविधि र भरपर्दोपनालाई सीजी मोटर्सले नेपालमा ल्याउने प्रयास गरिरहेको छ।

अभियानको थप जानकारीका लागि सम्पर्क:
 9707094192 | 9707094186

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको