Like us!
Follow us!
Connect us!
Watch us!

बेपत्ताको छानबिन र सत्यनिरुपण आयोग अध्यादेश जारी

शुक्रबार, ०५ माघ २०७४, २१ : ११ मा प्रकाशित

बेपत्ताको छानबिन र सत्यनिरुपण आयोग अध्यादेश जारी

अर्थ संसार, काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन), २०७४ अध्यादेश आज जारी गर्नुभएको छ ।

गत पुस २१ को मन्त्रिपरिषद्को बैठकको सिफारिश एवं नेपालको संविधानको धारा ११४ ९१० अनुसार उक्त अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी कामका लागि गठित दुई आयोगको अवधि सकिए पनि काम पूरा नभएपछि अध्यादेश जारी भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको