Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीको निक्षेप संकलन घट्दै, कर्जा प्रवाह बढ्न थालेको हो ?

अर्थ संसार

सोमबार, २९ बैशाख २०८२, १६ : ०२ मा प्रकाशित

बैंकिङ प्रणालीको निक्षेप संकलन घट्दै, कर्जा प्रवाह बढ्न थालेको हो ?

नेपाल राष्ट्र बैंकका अनुसार, देशको बैंकिङ प्रणालीमा  कर्जा प्रवाह दुबैमा सकारात्मक वृद्धि देखिएको छ, जसले वित्तीय प्रणालीप्रति विश्वास र तरलताको सुधार प्रतिबिम्बित गर्दछ। पछिल्लो समय बैंकिङ प्रणालीको निक्षेपमा सामान्य गिरावट आउँदा कर्जा प्रवाहमा उल्लेख्य सुधार आएको हो ।

केन्द्रीय बैंकको वैशाख २४ र २५ गतेको तथ्यांकअनुसार बैंकिङ प्रणालीको निक्षेप सामान्य गिरावट देखिदा कर्जा प्रवाहमा उल्लेख्य सुधार देखिएको हो । वैशाख २४ गते ६८ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा २५ गते ३ अर्बले घट्दै ६८ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।  सो समयमा वाणिज्य बैंकहरुको निक्षेपमा पनि ३ अर्ब रुपैयाँकै गिरावट देखिएको छ। 

समिक्षा अवधिमा कर्जा लगानीमा ५ अर्ब रुपैयाँको वृद्धि देखिएको छ । वैशाख २४ गते ५५ खर्ब १७ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा भोलिपल्ट बढेर ५५ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ५ अर्बले नै बढेको छ ।  सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत  सीडी रेसियो ७९ दशमलव ३५ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको