Like us!
Follow us!
Connect us!
Watch us!

सरकारलाई सांसद ढकालको व्यंग्यात्मक चेतावनी : ‘दुईवटा गभर्नर बनाउनुस्,नोटमा दलको चिन्ह राख्नुस्’

अर्थ संसार

विहीबार, ०१ जेठ २०८२, १४ : २१ मा प्रकाशित

सरकारलाई सांसद ढकालको व्यंग्यात्मक चेतावनी : ‘दुईवटा गभर्नर बनाउनुस्,नोटमा दलको चिन्ह राख्नुस्’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा राजनीतिक हस्तक्षेप भइरहेको भन्दै प्रतिनिधिसभामा सरकारको कडा आलोचना गरेका छन्। संसदको बैठकमा बोल्दै उनले गठबन्धन सरकारले राष्ट्र बैंकलाई दलीयकरण गर्न खोजेको आरोप लगाए।

ढकालले कटाक्ष गर्दै भने, 'जे गर्नुहुन्छ ३१ महिनाभित्र गर्नुहोस्। सकेसम्म दुईवटा गभर्नर बनाउनुहोस्—एकले नोटमा साइन गरून्, अर्कोले बिचौलिया भएर साइन गरून्। अनि त्यो नोटमा आफ्नो पार्टीको चुनाव चिन्ह पनि राख्नुस्।'

उनले राष्ट्र बैंक जस्तो संवेदनशील संस्थामा दलीय प्रभाव बढ्दै गएको र त्यसले संस्थाको गरिमा समाप्त पार्ने खतरा बढेको बताए। गभर्नर नियुक्तिमा दलहरूले देखाएको सक्रियता ‘लज्जास्पद अभ्यास र ऐतिहासिक भूल’ भएको भन्दै उनले त्यसप्रति आपत्ति जनाए।

ढकालले राज्यका संवैधानिक संरचना दलीयकरणको चक्रव्यूमा फसेको भन्दै चिन्ता व्यक्त गरे। 'आम नागरिक चकित हुने गरी संरचनाहरू दलीय स्वार्थका लागि प्रयोग भइरहेका छन्,'उनले भने।

विगतमा पनि राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको द्वन्द्व राजनीतिक हस्तक्षेपकै कारण सतहमा आएको स्मरण गराउँदै ढकालले गम्भीर असर परेको दाबी गरे। 'बजेट नीति र मौद्रिक नीतिको कार्यान्वयनमा समेत दलीय प्रभावले अवरोध पु¥याएको छ,' उनले उल्लेख गरे।

राष्ट्र बैंक ऐन २०५८ को दफा २१ मा राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर हुन अयोग्य हुने स्पष्ट व्यवस्था रहेको स्मरण गराउँदै उनले भने, 'हाक्काहाक्की चुनाव लडेको व्यक्तिलाई गभर्नर बनाउन खोजिँदै छ।'

ढकालले विषयगत योग्यता नभएका व्यक्तिलाई राष्ट्र बैंकको नेतृत्वमा ल्याउने प्रयासप्रति पनि आपत्ति जनाए। 'कृषि वातावरण पढेर मौद्रिक नीति बनाउन सकिन्छ र?' भन्दै उनले विडम्बनात्मक प्रश्न गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको