Like us!
Follow us!
Connect us!
Watch us!

‘Get Out’ भन्दै बन्दुक तानेपछि भाइरल भयो उबरको घटनाक्रम

अर्थ संसार

शुक्रबार, ०२ जेठ २०८२, ०७ : ४७ मा प्रकाशित

‘Get Out’ भन्दै बन्दुक तानेपछि भाइरल भयो उबरको घटनाक्रम

फ्लोरिडा राज्यमा एक उबर ड्राइभरले यात्रुहरूलाई बन्दुक देखाउँदै गाडीबाट ओर्लन आदेश दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। घटनाको अनुसन्धान थालिएको छ।

उक्त भिडिओ अमेरिकी र्‍यापर क्रिसी सेलेस (Krissy Celess) – जसलाई ‘Bomb Ass Krissy’ भनेर पनि चिनिन्छ – ले आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। भिडिओमा उनी र उनकी साथीले ड्राइभरसँग बाटोको दिशाबारे केही कुरा गरेपछि अवस्था तनावपूर्ण बनेको देखिन्छ।

‘क्रेजी आइज’ टिप्पणीपछि तनाव चुलियो

भिडिओअनुसार, क्रिसीले ड्राइभरको 'क्रेजी आइज' (अजीब आँखा) भएको भन्दै टिप्पणी गरेकी थिइन्। सोही टिप्पणीपछि ड्राइभरले एक्कासी बन्दुक निकाल्दै उनीहरूलाई गाडीबाट ओर्लन धम्की दिएकी हुन्।

ड्राइभरले चिच्याउँदै भनिन्, "Get out of my vehicle now. You're no longer on the ride." अर्थात्, "अहिलै गाडीबाट निस्क, तिमीहरू अब यात्रु होइनौ।"

कानुनी प्रक्रिया अघि बढ्ने संकेत

क्रिसी र उनको साथीको तर्फबाट वकिल कार्लोस डोमिङ्ग्वेजले भने, “सामान्य वादविवादमा बन्दुक निकाल्नु अत्यधिक प्रतिक्रिया हो। यस्तो व्यवहार आपराधिक हो र यसमा कडा अनुसन्धान हुनुपर्छ।”

उनले थपे, “जुनसुकै भावनात्मक असहमति भए पनि त्यसले हतियार तान्नुपर्ने अवस्था सिर्जना गर्दैन।”

उबरविरुद्ध मुद्दा दायर हुने तयारी

र्‍यापर क्रिसी र उनकी साथीले उबर कम्पनीमाथि कानुनी कारबाही अगाडि बढाउने तयारी गरिरहेको अमेरिकी समाचार संस्था NDTV ले उल्लेख गरेको छ। अहिलेका लागि उक्त भिडिओमा कमेन्ट सेक्सन बन्द गरिएको छ।

उक्त घटनाको सम्बन्धमा उबरले अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन, तर स्थानीय प्रहरी प्रशासनले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको