Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर नियुक्तिमा सरकारको चलखेल र प्रपञ्च, देश गलत दिशातिर गइरहेको छ - पुष्पकमल दाहाल

अर्थ संसार

शुक्रबार, ०२ जेठ २०८२, १७ : ०१ मा प्रकाशित

गभर्नर नियुक्तिमा सरकारको चलखेल र प्रपञ्च, देश गलत दिशातिर गइरहेको छ - पुष्पकमल दाहाल

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले विभिन्न चलखेल र प्रपञ्च गरिरहेको आरोप लगाएका छन्।

बैतडीको पाटनबाट सुरु भएको 'जनतासँग माओवादी–मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान' उद्घाटन गर्दै प्रचण्डले भने, 'राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति हुनुपर्ने संवैधानिक पद हो, तर सरकारले अहिलेसम्म त्यसमा निर्णय गर्न सकेको छैन। यो प्रक्रियामा अनेक चलखेल भइरहेका छन्।'

उनले सरकारको नीति र कदमहरू जनताको हितभन्दा बिचौलिया र दलालको पक्षमा उन्मुख भएको बताउँदै भने, 'सरकार गलत दिशातिर गएको छ, जनताको हित र देशको भविष्यविपरीत काम भइरहेको छ। हामीले चुनौती दिँदै सरकारको गलत कदमको विरोध गरिरहेका छौं।'

प्रचण्डले माओवादी पार्टी सरकारबाट बाहिरिनुको कारणमा बिचौलियाहरूको हस्तक्षेप प्रमुख रहेको दाबी गरे। 'बिचौलिया र दलालहरूले हामीलाई सरकारबाट बाहिर आउन बाध्य पारे, तर पनि हामी खबरदारी गरिरहेका छौं,'उनले भने।

उनले सरकारमाथि भ्रष्टाचार नियन्त्रणमा उदासीन भएको आरोपसमेत लगाउँदै भने, 'सरकार भ्रष्टाचारीको संरक्षण गरिरहेको छ, र हाम्रो आवाज सुन्ने कुनै इच्छाशक्ति देखिँदैन।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको