Like us!
Follow us!
Connect us!
Watch us!

बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै, बिजुली गयो भन्ने न्यारेटिभ बनाइँदै छ : रिमाल

अर्थ संसार

आइतबार, ०४ जेठ २०८२, १२ : ३५ मा प्रकाशित

बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै, बिजुली गयो भन्ने न्यारेटिभ बनाइँदै छ : रिमाल

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले समाजमा सेवा दिनेलाई भन्दा कथा र भ्रम बनाउनेहरूलाई बढी चर्चा मिलेको टिप्पणी गरेका छन्।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सामाजिक सञ्जालमार्फत आइतबार सुझाव दिँदै रिमालले भने, 'समाजमा कामको प्रतिफल दिनेलाई होइन, कथा बनाउने गिरोहलाई चर्चामा ल्याउने प्रवृत्ति हावी छ।'

उनको भनाइमा, 'न्यारेटिभको अँध्यारो छायामुनि बसेर दुनो सोझ्याउने गिरोह सक्रिय छ। तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि त्यो 'फिड' मा देखिँदैन, किनभने त्यो ‘फ्रेम’ को हिस्सा हुँदैन।'

बिजुली गइरहेको भन्दै सामाजिक सञ्जालमा भइरहेको आलोचनालाई संकेत गर्दै उनले यस्ता टिप्पणीहरू न्यारेटिभ निर्माणमा खटिएका व्यवसायीहरूले फैलाएको भ्रम भएको उल्लेख गरे।

रिमालले थपे, 'बलेको बत्तिमुनि बसेर 'बिजुली गयो' भनेर पोस्ट लेख्ने समाजमा, कसरी बिजुली आयो भनेर बुझ्ने चासो छैन। बरु, बिजुली ल्याउनेलाई देवता ठान्ने चलन छ।' शाक्यलाई ‘काबिल र इमान्दार’ व्यक्ति भन्दै रिमालले उनलाई सजग रहन पनि आग्रह गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको