नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज बिहान उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेका छन्।
गभर्नर नियुक्त भएको पहिलो दिन अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा अर्थमन्त्री पौडेलले नवनियुक्त गभर्नरलाई हार्दिक बधाई दिँदै कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे। भेटका क्रममा अर्थमन्त्री पौडेलले वित्तीय नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको औँल्याउँदै अर्थतन्त्र सुदृढ बनाउन गभर्नरको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
गभर्नर डा. पौडेलले अर्थ मन्त्रालय र राष्ट्र बैंकले मिलेर आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै, हाल देखिएका मौद्रिक चुनौतीहरूको समाधानमा सक्रिय पहल गर्ने विश्वास दिलाए। उनले वित्तीय प्रणालीको सुदृढीकरणका लागि राष्ट्र बैंकको नियमन र सुपरीवेक्षण क्षमतामा थप सुधार ल्याइने बताएका छन्।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतले गभर्नर डा. पौडेललाई बधाई दिँदै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस