नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले आज औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण गरेपछि, गभर्नर पौडेल बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। राष्ट्र बैंकको नेतृत्व लामो समयदेखि रिक्तजस्तै अवस्थामा रहँदै आएको बेला डा. पौडेलको नियुक्तिसँगै संस्थागत स्थायित्वको अपेक्षा गरिएको छ।
गभर्नर सिफारिस समितिले मंगलबार बिहान पौडेलको नाम सिफारिस गरेको थियो, जसको आधारमा त्यसै दिन बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्र बैंकको १८औं गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस