नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण गरेपछि, उनले बालुवाटारस्थित केन्द्रीय कार्यालयमा पुगेर गभर्नरको कार्यभार सम्हाल्ने क्रममा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
गत चैत २४ गतेदेखि रिक्त रहेको गभर्नरको पदमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई १८औँ गभर्नरका रूपमा नियुक्त गरेको हो।
शपथपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिंदै गभर्नर पौडेलले भने, 'सरकारको वित्त नीति कार्यान्वयनमा सहयोग पुग्ने गरी मौद्रिक नीति निर्माण गरिनेछ।' साथै, उनले नीति निर्माणको क्रममा सरोकारवाला पक्षहरूसँग परामर्श र समन्वयमा आधारित प्रक्रिया अपनाइने बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस