Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली बजारमा सुन–चाँदीको मूल्य फेरि बढ्यो, दुई दिनमै सुन ६ हजार ७ सय रुपैयाँले महँगियो

अर्थ संसार

विहीबार, ०८ जेठ २०८२, ११ : २४ मा प्रकाशित

नेपाली बजारमा सुन–चाँदीको मूल्य फेरि बढ्यो, दुई दिनमै सुन ६ हजार ७ सय रुपैयाँले महँगियो

नेपाली बजारमा बिहीबार पनि सुन र चाँदीको मूल्यमा  वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ५ सय रुपैयाँ पुगेको छ।

हिजो अर्थात् बुधबार सुनको मूल्य १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो। पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य तोलामा ६ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य १ हजार ९९० रुपैयाँ थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको