आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रतितोला १,१०० रुपैयाँले घटेको हो।महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो कारोबार दिनको १ लाख ९१ हजार ५०० रुपैयाँभन्दा कम हो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २० रुपैयाँले घटेर अहिले २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस