Like us!
Follow us!
Connect us!
Watch us!

विकास हाइड्रोपावरको आइपीओमा आवेदकको ओइरो ? कति पर्यो आवेदन ?

अर्थ संसार

शुक्रबार, ०९ जेठ २०८२, ११ : ४५ मा प्रकाशित

विकास हाइड्रोपावरको आइपीओमा आवेदकको ओइरो ? कति पर्यो आवेदन ?

विकास हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा हालसम्म १० करोड ५ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार, आज (जेठ ९ गते) बिहान १०:०६ बजेसम्म ४३ हजार २९० जना आवेदकले १० लाख ५ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिएका छन्, जुन मागभन्दा २.८३ गुणा बढी हो।

कम्पनीले जेठ ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै आईपीओ बिक्री खुला गरेको हो। सर्वसाधारणका लागि छुट्याइएको कुल शेयरमध्ये १० प्रतिशत अर्थात ३ लाख ५४ हजार ५५० कित्ता (जसको मूल्य ३ करोड ५४ लाख ५५ हजार रुपैयाँ) प्रवासी नेपालीका लागि आरक्षित गरिएको छ।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यो आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन्। आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकहरूले सी–आस्वा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’मार्फत आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको