विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज असार २२ गते अन्तिम दिन रहेको छ। कम्पनीले असार १८ गतेदेखि आम लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७ सय ६० कित्ता सेयर निष्काशन गरेको हो। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। उक्त निष्काशनको बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
यसअघि कम्पनीले गोरखाका आयोजना प्रभावित स्थानीयवासीहरू र वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृत नेपालीहरूलाई आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख १६ गते आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले कुल ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५ सय ९६ कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो।
विकाश हाइड्रोपावर कम्पनीले गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ मा रहेको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ फागुनदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस