बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि एकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै ३० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। आज जेठ ११ गते दिउँसो ३ बजे बोलकबोलमार्फत राष्ट्र बैंकले उक्त रकम तान्नेछ।
राष्ट्र बैंकका अनुसार यो २१ दिने निक्षेप संकलन हुनेछ, जसको साँवा र ब्याज असार १ गते भुक्तानी गरिनेछ। तरलता व्यवस्थापन गर्न निरन्तर रूपमा सक्रिय राष्ट्र बैंकले यसअघि पनि यस्तै प्रक्रियाबाट रकम संकलन गरिरहेको थियो।
निक्षेप संकलनको लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन सक्नेछन्। ती संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न पाउनेछन्। बोलकबोल बहुब्याजदर प्रणालीमा हुनेछ।
हाल कर्जाको माग नबढ्दा बैंकिङ प्रणालीमा तरलता अत्यधिक रहेको र बैंकहरू झिनो ३ प्रतिशत हाराहारीको ब्याजदरमै राष्ट्र बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्। यस्तो अवस्थामा राष्ट्र बैंकले आफ्नो मौद्रिक उपकरण प्रयोग गर्दै तरलता सन्तुलनमा राख्न खोजेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस