Like us!
Follow us!
Connect us!
Watch us!

डाइनामिक ब्रोकर अब डीजीहबको अत्याधुनिक ‘एयर ट्रेड’ टीएमएसमा, लगानीकर्तालाई नयाँ सुविधा

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, ०७ : ४३ मा प्रकाशित

डाइनामिक ब्रोकर अब डीजीहबको अत्याधुनिक ‘एयर ट्रेड’ टीएमएसमा, लगानीकर्तालाई नयाँ सुविधा

डाइनामिक ब्रोकर (ब्रोकर नं ४४) अबदेखि अत्याधुनिक ‘एयर ट्रेड’ टीएमएस प्रणालीमा आबद्ध भएको छ । डीजीहब (DGhub) द्वारा विकसित यस नयाँ टीएमएस प्रणालीमा डाइनामिक ब्रोकर आइतबारदेखि सञ्चालनमा आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तर्गतको वाईकोले (Wykole) टीएमएसमार्फत सेवा दिँदै आएको डाइनामिक ब्रोकरले अबदेखि आफ्नो पुरानो टीएमएस प्रणाली परित्याग गरी ‘एयर ट्रेड’मार्फत लगानीकर्तालाई सेवा दिन थालेको हो । यससँगै करिब ४ लाख लगानीकर्ता अबदेखि डीजीहबको अत्याधुनिक टीएमएस प्रणालीमार्फत कारोबार गर्न सक्ने भएका छन् ।

डाइनामिक ब्रोकरले जानकारी दिएको अनुसार, लगानीकर्ताले वेब, मोबाइल र डेस्कटपका विभिन्न संस्करणमार्फत सहज र सुरक्षित तरिकाले कारोबार गर्न सक्नेछन् ।

नयाँ ‘एयर ट्रेड’ टीएमएस का प्रमुख विशेषताहरू यसप्रकार छन्:

प्राविधिक सुविधाहरू:

  • वेब, डेस्कटप र मोबाइल एपबाट सहज पहुँच

  • मल्टी-विन्डो र मल्टी-एक्सचेञ्ज फिचर्स

  • लिन्क एन्ड डक सपोर्ट

  • क्लाइन्ट लगिनबाट रिपोर्ट र हिसाबकिताब हेर्ने व्यवस्था

अपरेसनल विशेषता:

  1. सेयर बिक्री गरेपछि सो रकमबाट तुरुन्तै नयाँ सेयर खरिद गर्न सकिने

  2. लेजर ब्यालेन्स अनुसार कोल्याटरल रियल टाईममा देखिने

  3. एउटै लगइनबाट धेरै युजरको कारोबार गर्न सकिने

  4. अर्डर बास्केट र सजिलो अर्डर प्रणाली

  5. मनपर्ने सेयरमा अलेर्ट राख्न सकिने

  6. खरिद–बिक्रीको रियल टाईम अलेर्ट

  7. सेयरको विस्तृत मर्केट डेप्थ हेर्न सकिने

डाइनामिक ब्रोकरले नयाँ प्रणालीमार्फत डाटा सुरक्षामा उच्च प्राथमिकता, पारदर्शिता, र प्रयोगकर्तामैत्री वातावरण सुनिश्चित गर्ने दाबी गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको