Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय कमलादीस्थित आफ्नै भवनमा स्थानान्तरण, अध्यक्ष तुलसीराम अग्रवालबाट उद्घाटन

अर्थ संसार

मंगलबार, १३ जेठ २०८२, ०८ : ३८ मा प्रकाशित

एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय कमलादीस्थित आफ्नै भवनमा स्थानान्तरण, अध्यक्ष तुलसीराम अग्रवालबाट उद्घाटन

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो कर्पोरेट कार्यालय कमलादी, काठमाडौं–२८ मा नवनिर्मित आफ्नै भवनमा स्थानान्तरण गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष श्री तुलसीराम अग्रवालले वैदिक सनातन विधिपूर्वक पूजा–अर्चना गरी सोमबार नयाँ भवनको समुद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतसहित उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। यसअघि बैंकको कर्पोरेट कार्यालय थापाथलीस्थित ट्रेड टावर भवनमा रहेको थियो।

नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त गरी अबदेखि प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरूको कार्यकक्ष तथा विभिन्न विभागहरू सहित सम्पूर्ण सेवा तथा सुविधाहरू नयाँ कमलादीस्थित कर्पोरेट भवनबाट उपलब्ध हुने बैंकले जनाएको छ।

बैंकले नयाँ स्थानान्तरणसँगै ग्राहकहरूले थप सहज रूपमा सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ। हाल एनआईसी एशिया बैंक देशभर ३६० शाखा, ६७० एटिएम, ११६ विस्तारित काउन्टर र ४२ शाखारहित सेवा केन्द्रमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ।

बैंकले वित्तीय पहुँच कम रहेका दुर्गम जिल्लाहरू – मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान लगायतमा समेत सेवा विस्तार गरी वित्तीय समावेशीकरणमा उल्लेखनीय योगदान दिँदै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको