Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा आवेदन दिन आज अन्तिम मौका

अर्थ संसार

विहीबार, १२ भदौ २०८२, ०७ : ३४ मा प्रकाशित

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा आवेदन दिन आज अन्तिम मौका

एनआईसी एशिया क्यापिटल लिमिटेडले सञ्चालनमा ल्याएको ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने आज (भदौ १२ गते) अन्तिम दिन भएको छ।

साउन २९ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिएको यस योजना, एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको एक खुलामुखि योजना हो।

यस योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५ करोड इकाई अर्थात ५० करोड रुपैयाँ बराबरको इकाई बिक्रीमा ल्याइएको छ। योजना व्यवस्थापकले १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई बीजपूँजीका रूपमा एनआईसी एशिया बैंकलाई सुरक्षित गरेको छ भने बाँकी ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधारणलाई बिक्री गरिएको हो।

निवेशकले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था छ। तर बिक्री अवधि सकिँदा कम्तीमा ५० प्रतिशत अर्थात ५० करोड रुपैयाँ बराबरको इकाई खरिदका लागि निवेदन प्राप्त भए मात्र बाँडफाँट हुने प्रावधान छ। आवश्यक न्यूनतम आवेदन प्राप्त नभएमा योजना खारेज गरी १५ दिनभित्र लगानीकर्ताको रकम फिर्ता गर्ने भनिएको छ।

यस स्किमको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड नै रहेको छ। इकाई खरिदका लागि लगानीकर्ताले आश्वा सेवामा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था वा मेरो शेयर वेब र मोबाइल एप प्रयोग गरी आवेदन दिन सक्नेछन्।

योजनाको क्रेडिट रेटिङ्गतर्फ, इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले योजना प्रवर्द्धकलाई ‘आईआरएन ट्रिपल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ भने इक्रा नेपालले योजना व्यवस्थापकलाई ‘केयरएनपी एएमसी क्वालिटी ३ प्लस’ रेटिङ्ग दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको