बाजुराको जगन्नाथ गाउँपालिका–२, काँडाकोटमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।
नेपाल टेलिकम बाजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप सडकबाट झण्डै ८० मिटर तल खस्दा उक्त दुर्घटना भएको हो। जिप टावर मर्मतका लागि सदरमुकामबाट जगन्नाथ गाउँपालिकातर्फ जाँदै थियो।सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार, दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र यात्रु रवीन्द्र धामीको घटनास्थलमै मृत्यु भएको छ।
जिपमा सवार अन्य दुई जना — नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा — घाइते भएका छन्।
बाजुरा प्रहरीका अनुसार, टोली टेलिकमको टावर मर्मतका लागि जाँदै गर्दा काँडाकोटमा दुर्घटनामा परेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस