Like us!
Follow us!
Connect us!
Watch us!

चेक अनादर सम्बन्धी कार्यविधि जारी गर्दै केन्द्रीय बैंक

अर्थ संसार

मंगलबार, १३ जेठ २०८२, १३ : ५१ मा प्रकाशित

चेक अनादर सम्बन्धी कार्यविधि जारी गर्दै केन्द्रीय बैंक

नेपाल राष्ट्र बैंकले चेक अनादर (चेक बाउन्स) सम्बन्धी छुट्टै कार्यविधि ल्याउने भएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनअनुसार चेक अनादरका घटनामा बेहोरा प्रमाणित गर्ने विधि तय गर्न राष्ट्र बैंकले छुट्टै कार्यविधि तर्जुमा गरी छिट्टै जारी गर्ने तयारी गरेको समीक्षा प्रतिवेदनमा उल्लेख छ।

सरकारले हालै उक्त ऐन संशोधन गरी चेक बाउन्ससम्बन्धी मुद्दामा प्रहरीमार्फत मात्र अनुसन्धान हुने व्यवस्था गरेको छ। यससँगै सजायका प्रक्रिया तथा कानुनी प्रावधानहरूमा समेत फेरबदल गरिएको हो। संशोधित कानुनलाई कार्यान्वयन गर्न राष्ट्र बैंकले स्पष्ट कार्यविधि ल्याउन लागेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको