नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएकाे राजीनामा अस्वीकृत भएको छ। जेठ ११ गते गभर्नरको कार्यालयमा तानिएका भट्ट अब कार्यक्षेत्रमा फर्किने तयारीमा छन्।
गभर्नर डा. विश्वनाथ पौडेलले भट्टको राजीनामा स्वीकृत नगर्ने मनस्थिति राख्दै कानुनी आधार खोजिरहेका थिए। यहीबीच राजीनामा अस्वीकृत गरिएको खबर सार्वजनिक भएको हो।
डा. भट्टले गभर्नर बन्ने सम्भावना प्रबल भएपछि वैशाख ५ गते एक महिनाको तलब बुझाएर राजीनामा दिएका थिए। तर त्यतिबेला कार्यवाहक गभर्नर रहेकी डिपुटी गभर्नर निलम ढुंगानासमेत गभर्नरको प्रतिस्पर्धामा रहेकाले राजीनामा स्वीकृति प्रक्रिया रोकिएको थियो।
गभर्नर पौडेलले पदभार ग्रहण गरेपछि डेपुटी गभर्नर ढुंगानाको मातहतमा रहेको मानव संसाधन विभाग हटाएर अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रको मातहतमा ल्याएका छन्। ढुंगानाको जिम्मामा भने पूर्वनिर्देशक डा. भट्ट प्रमुख रहेको अनुसन्धान विभाग पुनः ल्याइएको छ, जसको प्रमुखको जिम्मेवारी डा. राम शरण खरेललाई दिइएको छ।
राष्ट्र बैंक स्रोतका अनुसार डा. भट्ट हाल अमेरिका छन् र आगामी साता स्वदेश फर्किएपछि पुनः काममा फर्कने तयारीमा छन्। तर, अमेरिका रहेका डा. भट्टले आफू फर्कनेबारे सोधिएको प्रश्नमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस