१८ औं गणतन्त्र दिवस बिहीबार राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहसहित मनाइएको छ।
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा घोषणा गरेको थियो। त्यही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ। यस वर्षको समारोहमा पनि भीभीआईपी व्यक्तित्वहरूको सहभागितामा गणतन्त्र दिवस भव्य रूपमा आयोजित गरिएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस