Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली बजारमा सुन र चाँदीको भाउमा सामान्य वृद्धि

अर्थ संसार

आइतबार, १८ जेठ २०८२, १२ : २२ मा प्रकाशित

नेपाली बजारमा सुन र चाँदीको भाउमा सामान्य वृद्धि

आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो।

शुक्रबार तोलाको १ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार बढेर १ लाख ८८ हजार ८ सय रुपैयाँमा पुगेको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सानो वृद्धि देखिएको छ। शुक्रबार तोलामा १,९८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ रुपैयाँले बढेर १,९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको