Like us!
Follow us!
Connect us!
Watch us!

चुक्ता पूँजी पुर्याउन हकप्रदको बाटोमा बैंक, ६ करोडबढी कित्ता सेयर आउँदै

सोमबार, ०८ माघ २०७४, १६ : ५५ मा प्रकाशित

चुक्ता पूँजी पुर्याउन हकप्रदको बाटोमा बैंक, ६ करोडबढी कित्ता सेयर आउँदै

  • रमेश लम्साल

अर्थ संसार, काठमाडौं– ‘क’ वर्गका चार वटा वाणिज्य बैंकले ६ करोड ५६ लाख ८६ हजार ७८४ कित्ता बराबरको हकप्रद सेयर बिक्री गर्ने भएका छन् ।

 प्रभु, सिद्धार्थ, कुमारी र नेपाल क्रेडिट एण्ड कर्मस बैंकले सो परिमाणमा हकप्रद सेयर विक्री गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले तोकेको रु आठ अर्ब चुक्ता पूँजी पु¥याउन ती बैंकले हकप्रद सेयरको बाटो रोजेका हुन् । बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा चुक्ता पूँजी पु¥याउन थप ६ महिनाको समयसीमा दिएको थियो ।

तर  एनएमबी बैंकले भने एक करोड १४ लाख कित्ता फरदर पब्लिक अफर(एफपिओ) बिक्री गर्न लागेको छ । सो समेत गरी कुल सात करोड ७ करोड ७१ लाख १ हजार १७० कित्ता सेयर बजारमा आउन लागेको हो ।

सिद्धार्थ बैंकले पनि राष्ट्र बैंककै निर्देशनअनुसार  चुक्ता पूँजी बढाउन हकप्रद सेयर निस्काशन गर्ने बाटो रोजेको हो । सो उपाय अपनाउँदा समेत बैंकको चुक्ता पूँजी रु आठ अर्ब पुग्ने देखिदैन । हकप्रद सेयर बिक्री गर्दा अपुग हुने रकमका लागि बैंकले बोनस शेयरको अवधारणा पनि अगाडि सारेको छ ।

बैंकले रु छ अर्ब ६२ करोड ८८ लाख ७९ हजार बराबरको १० प्रतिशतले हुन आउने ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले गत पुस ४ गते हकप्रद सेयर निस्काशनको अनुमति दिएको थियो ।

हकप्रद सेयर पछि बैंकको  चुक्ता रु पूँजी सात अर्ब ५० करोड ८७ लाख पुग्नेछ । बाँकी रकम परिपूर्ति गर्न बैंकको चालु आवको नाफाबाट बोनस वितरण गरिनेछ ।

त्यसैगरी कुमारी बैंक पनि चुक्ता पूँजी रु आठ अर्ब पु¥याउन हकप्रद सेयरकै बाटो रोजेको छ । हकप्रदका लागि बोर्डमा समेत आवेदन दिइसकेको छ । बैंकको चुक्ता पूँजी रु ५ अर्ब ९६ करोड ९४ लाख ९६ हजार बराबरको २० प्रतिशत अर्थात १० बराबर २ का दरले हकप्रद सेयर निष्कासन गर्ने तयारी गरिएको छ ।

बैंकले रु एक अर्ब १९ करोड ३८ लाख ९९ हजार १६५ बराबरको एक करोड १९ लाख ३८ हजार ९९१ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको जनाएको छ । विभिन्न चार वटा वित्तीय संस्थालाई प्राप्ति गर्दा समेत चुक्ता पूँजी रु आठ अर्ब नपुगेपछि सो बैंकले हकप्रदको बाटो रोजेको हो । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

उता नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । बैंकले दुई बराबर एक अनुपातमा दुई करोड ३३ लाख ९५ हजार २ सय ९१ कित्ता हकप्रद सेयर निष्काशन गने तयारी गरेको छ । सो बैंकले पनि चुक्ता पूँजी पु¥याउन हकप्रदकै बाटो रोजेको हो ।

रु चार अर्ब ६७ करोड ९० लाख ५८ हजार चुक्ता पूँजी रहेको बैंकको हकप्रद सेयर पछि चुक्तापूँजी रु सात ७ अर्ब १ करोड ८५ लाख ८७ हजार पुग्नेछ । बाँकी रकम कसरी पु¥याउने भन्नेमा उपाय खोजी भइरहेको जनाइएको छ । बैंकको हकप्रद शेयर निष्काशनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।  रहेको छ ।

प्रभु बैंक को भने ४० प्रतिशत हकप्रद सेयर निष्कासन भइसकेको छ । सो बैंकले १० बराबर ४ अनुपातमा दुई करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता हकप्रद शेयर बिक्री सुरु गरिसकेको छ ।

बैंकले गत  पुस २० गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयर लिन सक्ने व्यवस्था गरिएको छ । यही माघ ७ गतेदेखि फागुन १३ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । हकप्रद निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

बैंकको हाल चुक्ता पुँजी रु ५ अर्ब ८८ करोड १४ लाख २ हजार छ । चालिस  प्रतिशत हकप्रद सेयर बिक्री पछि बैंकको चुक्ता पुँजी रु आठ अर्ब २३ करोड ३९ लाख ६२ हजार पुग्नेछ । नेपाल राष्ट्र बैंकले रु आठ अर्ब चुक्तापूँजी पु¥याउन दिएको निर्देशनअनुसार नै हकप्रद शेयर निस्काशन गरिएको बैंकले जनाएको छ ।

एनएमबी बैंकले भने एक करोड १४ लाख कित्ता थप फरदर पब्लिक अफर निस्काशनका लागि बोर्डमा आवेदन दिएको छ । तर अनुमति भने पाइसकेको छैन । शेयर निश्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको