सेयर बजार आज मंगलबार पनि घटेर बन्द भएको छ ।
नेप्से आज ९.९६ अकंले घटेर २६८८ बिन्दुमा कायम भएको छ ।
आज ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ ।
यसदिन ९ उपसूचक राताम्य भएका छन् भने ४ उपसूचकमा हरियाली आएको छ। आज ८६ कम्पनीको मूल्य बढेको छ भने १६० कम्पनीको घटेको छ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, क्रेस्ट माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ९.९८ प्रतिशत कमाएका छन् ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरका लगानीकर्ताको सबैभन्दा धेरै ४४ करोड ६० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस