अन्नपूर्ण केवलकारले कुल ४९ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको छ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँमा आफ्ना संस्थापक सेयरधनीहरुका लागि चुक्तापुँजीको १ः०.४ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।
यसमा आगामी ३५ दिनसम्म मात्रै खरीद आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ। इच्छुक सेयरधनीहरूले हकप्रद सेयर बापतको रकम कम्पनीको बैंक खातामा जम्मा गरी सोको भर्पाई कम्पनीको रजिष्टर्ड कार्यालयमा पेश गर्नु पर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस